Не секрет, что выбор микрофинансовой организации - дело сложное. Решить вопрос, где вы будете оформлять заявку на займ онлайн не так просто. Наш http://credit-n.ru призван облегчить вас выбор. Именно здесь мы собрали список самых популярных микрофинансовых организаций с условиями кредитования. Данный сайт поможет подобрать микрозайм онлайн без залога и поручительства. Рекомендуется сначала рассмотреть такой вариант микрокредита, как займ на карту без проверки кредитной истории.

स्तर वृद्धि सम्बन्धी सुचना

मिति : २०७९/१२/१९

सूचना !

यस प्रतिष्ठान मातहत कार्यरत रहेका प्रशासन सेवा अन्तर्गतका तह विहिन, तह १, तह २ र तह ३ तथा प्राविधिक सेवा अन्तर्गत तह विहिन र तह १ मा कार्यरत कर्मचारीहरुको हकमा स्तर बृद्धि सम्वन्धी प्रक्रिया अघि वढाउन कर्मचारीको स्तर बृद्धि सम्वन्धी कार्यविधि, २०७९ को अधिनमा रहि स्तर बृद्धिका लागि यो सूचना प्रकाशित गरिएको छ । स्तर बृद्धि हुने भन्दा एक तह मुनिको पदमा न्यूनतम ७ वर्ष स्थायी सेवा अवधि पुरा गरेको कर्मचारीहरुले २०८० बैशाख २४ गते आईतवार कार्र्यालय समय भित्र आफ्नो शैक्षिक योग्याताका प्रमाणपत्रहरु संलग्न गरी देहाय अनुसार सम्पर्क ब्यक्ति मार्फत निवेदन पेश गर्न यो सूचना जारी गरिएको छ । तोकिएको अवधि भित्र पेश हुन नआएका निवेदन उपर कुनै कारवाहि नहुने ब्यहोरा समेत जानकारी गरिन्छ ।

देहाय:

क्र. सं.

कार्यरत स्थान

सम्पर्क ब्यक्ति

१.

पाटन अस्पतालमा पेरोल भएका कर्मचारीहरु

श्री तिर्थराज भुजेल

२.

प्राज्ञिक कार्यक्रम तर्फ पेरोल भएका कर्मचारीहरु

श्री तेज प्रसाद घिमिरे

३.

स्कूल अफ नसिंङ्ग तथा मिडवाईर तर्फ पेरोल भएका कर्मचारीहरु

श्री प्रभाश पोखरेल

पेश गर्नुपर्ने कागजातहरु:
१. आवेदकको निवेदन
२. आफुले हासिल गरेका शैक्षिक योग्यताका सबै प्रमाणपत्रहरुको फोटोकपी
३. नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी ।
४. नियुक्ति पत्रको फोटोकपी ।
५. प्रतिष्ठानको नियमानुसार हाल कार्यरत स्तरमा न्यूनतम ७ (सात) बर्ष सेवा अवधि पुगेको भनि सम्बन्धित विभाग/स्कूल प्रमुखले गरेको प्रमाणित सिफारिस पत्र ।
६. प्रतिष्ठानको कर्मचारीको स्तर बृद्धि सम्बन्धि कार्यविधि २०७९, बमोजिम आवेदन दिनु भन्दा अघिल्लो तीन वर्ष भित्र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारीको सेवाका शर्त र सुविधा सम्वन्धी नियमावली, २०६७ को नियम १०५ वमोजिम कारवाहिमा परेको कर्मचारी तथा सो अवधिमा कार्य सम्पादन मुल्याङ्कन सन्तोषजनक नरहेका कर्मचारीले निवेदन पेश गर्न पाईने छैन ।

प्रा.डा. पारस कुमार आचार्य

रजिष्ट्रार

Please click below to download in PDF.

स्तर वृद्धि सम्बन्धी सुचना